नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला



वीरगन्ज । पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत्त फेला परेका छन् । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुक रहेका छन् ।

शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरूसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई सँगै रहेका साथीहरूले उद्धार गरेर नहरबाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो ।


घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय  पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here