नलगाड, गौरीशंकर र स्वामीकार्तिक खापरको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले तीन स्थानीय तहको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ । पुरुष प्रमुख रहेको तीन स्थानीय तहमा रिक्त उपप्रमुखमा दलहरुले महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको हो ।

असोज ३० गते बसेको निर्वाचन आयोगको बैठकले जाजरकोटको नलगाड नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामिकार्तिक खापर गाँउपालिकाको उपप्रमुखमा उपनिर्वाचन हुँदैछ । यी तीन वटै स्थानमा उपप्रमुख कांग्रेसले जितेको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद हाल रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here