देशको रक्षाका निम्ति सबै दल एकजुट हुनुपर्छ : नेता गुरुङ



लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार लमजुङ सुन्दरबजार नगरपालिका–१ कुन्छामा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित जनयुद्धका सहिद एकबहादुर सुनारको २६ औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । 


सत्तापक्ष र विपक्ष, एक दल र अर्को दल नभनी एकले अर्कोलाई दबाउने खेल भइरहेकाले यसलाई रोक्न सके मात्रै मुलुक समृद्ध बन्ने र बाहिरी शक्तिको चलखेल नहुने उनको भनाइ छ ।

उनले आफ्नो पार्टीले परम्परागत भन्दा पनि विचार, नीति र लाइनको आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले भने, “पार्टी यतिबेला रचनात्मक ढङ्गले सरकारको विरोध, समर्थन गर्दै राष्ट्रियताको केन्द्र, प्रजातन्त्र र सुशासन कायम गर्न प्रतिबद्ध छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here