तुलसीपुरमा जिप दुर्घटना, दुईजनाको मृत्यु, पाँचजना घाइते



दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा शनिबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here