झापा-११ बेलबारी गोल्डकपको फाइनलमा



मोरङ । बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।

झापाको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उनले २८औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे । झापाले दोस्रो गोल पेनाल्टीमार्फत गर्यो ।


खेलको ८९औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ ।

आशिष प्लेयर अफ द म्याच घोषित भए । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद  पाँच हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here