जीबी राईसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड रकम आफ्नो खातामा लैजाने लीला पछाई पक्राउ



पोखरा । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नम्बर १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईलाई पक्राउ गरेको हो ।


उनलाई प्रहरीले पोखराको गैह्रापाटनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)सँग मिलेर ३ करोड भन्दा बढी रकम सहकारीबाट आफ्नो खातामा लगि चल अचल सम्पत्ति खरिद गर्न र शेयर कारोबार उनले लगानी गरेकी थिइन् । जिवी राई अहिले सम्म फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here