चुलाचुली र पञ्चकन्या अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा



सङ्खुवासभा । चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई पेनाल्टीमा ३–१ ले हरायो ।

निर्धारित समयको खेल बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । दोस्रो खेल पञ्चकन्याले बेलबारी क्लब मोरङलाई १–० ले हरायो ।


यसअघि क्वार्टरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

आइतबार हुने सेमिफाइन्लमा सेकाहा क्लब र चुलाचुली क्लब धनकुटा तथा सभापोखरी र पञ्चकन्याबिच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here