काठमाडौंमा अवतरण गरेको भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाले अनुसन्धान गर्दै



काठमाडौं । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयरको विमानमा बम रहेको हल्लापछि सेनाले अनुसन्धान सुरु गरेको छ ।

मंगलबार अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरको विमानमा अज्ञात समूहले बम राखेको बताएपछि नेपाली सेनाले सर्च अप्रेसन चलाइएको छ । विमानलाई अलग्गै राखेर सर्च अप्रेसन गरिएको छ ।


जहाज अवतरण भएलगत्तै बम राखिएको खबर भिस्ताराको काठमाडौंस्थित कार्यालयमा अज्ञात नम्बरबाट सो समूहले फोन गरी बम रहेको बताएको थियो । त्यसपछि विमानलाई अलग्गै राखेर जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि पनि भारतीय कम्पनीका विमानहरूमा बम रहेको हल्ला चलेका घटनाहरू आइरहेका थिए । भारतबाट अमेरिका, क्यानडा तथा लन्डन उडेका विमानहरूमा बम रहेको हल्ला चल्न थालेको एक हप्ताभन्दा धेरै भएको छ । विमानमा श्रृंखला रुपमा बम राखेको अफबाह फैलाउन थालेपछि कडा कानुन बनाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here