काठमाडौंबाट नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको खबर आएपछि जाँच हुँदै



काठमाडौं । काठमाडौंबाट नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि प्रहरी जाँच सुरु गरेको छ ।

एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३ः५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।


यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here