कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि



काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here