कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापितः राष्ट्रसङ्घ



जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिसहरू यस वर्ष आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार बताएका छन् ।

अप्रिलमा कङ्गोको भ्रमण गर्नुभएको टर्कले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देश बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिएका थिए ।


उनले कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको बताएका थिए । त्यसैगरी उनले विभीन्न सशस्त्र समुहलाई बढ्दो दुर्व्यवहारको लागि दोषी ठहराएका छन् ।

‘सशस्त्र समुहले अपहरण गर्ने, बन्दी बनाउने र महिला एवं युवतीलाई यौन दासत्वको अधीनमा राख्ने गरेका छन् । धेरैको बलात्कारपछि हत्या गरिएको छ । सबै मामिलाहरू निश्चित रूपमा रिपोर्ट गरिँदैनन् । यो अत्याचार हो’, टुर्कले बताए ।

‘मानवीय स्रोतका अनुसार यस वर्ष ९ लाख ४० हजार भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, आन्तरिक रूपमा विस्थापित मानिसहरूको कुल सङ्ख्या ६४ लाख भन्दा बढी पुगेको छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here