उपत्यकाका बजार तथा सडकमा चहलपहल बढ्यो



काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशभरका बजार एवं सडकमा चहलपहल बढेको छ । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिड्नेहरूको चहलपहल सडकमा वाक्लै देखिन थालेको छ ।

सार्वजनिक यातायातमा पनि यात्रुहरूको चाप क्रमशः बढेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।


यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here