उद्योग वाणिज्य संघ सुखीपुरको अध्यक्षमा यादव नेतृत्वको प्यानल निर्वाचित



सिरहा । उद्योग वाणिज्य संघ सिरहा सुखीपुर शाखाको ५औँ कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयप्रसाद गुप्ताले चार सय ९१ मत पाए । यादव प्यानलबाट प्रथम उपाध्यक्षमा राकेश पूर्वेले छ सय ७३, द्वितीय उपाध्यक्ष रामेशकुमार महतोले पाँच सय ५६, महासचिवमा दिनेशकुमार यादवले छ सय १०, सचिवमा सञ्जयकुमार यादवले छ सय ३५ र कोषाध्यक्षमा रोशन कुमारले छ सय ७८ मत प्राप्त गरेर विजयी भएका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए ।


गुप्ता प्यानलबाट प्रथम उपाध्यक्षमा राधेश्याम महतोले चार सय ७४, द्वितीय उपाध्यक्षमा ओमप्रकाश महतोले चार सय ८६, महासचिवमा कामेश्वर चौधरी सुडीले पाँच सय ३२, सचिवमा रतनेश चौधरीले पाँच सय ६ र कोषाध्यक्षमा वीरेन्द्र भण्डारीले पाँच सय ५८ मत प्राप्त गरे ।

यस्तै सदस्यहरूमा काशिन्द्र यादव, राजदेव साह, पशुपति साह विजयी भएका छन् । एक हजार तीन सय २५ मतदाता सङ्ख्या रहेकोमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार १६७ मत खसेका थिए भने आठ मत बदर भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here