इन्डोनेसियाबाट १५० भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार : राष्ट्रङ्घ



इन्डोनेसिया । इन्डोनेसियाबाट अधिकाशं महिला तथा बालबालिका सहित १५० जना भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार उनीहरू चढेको डुङ्गा समुद्रमा केही दिन देखि फसेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

मुस्लिम समुदाय निकट रोहिंग्याहरू म्यानमामा पिडित भएकाले हरेक वर्ष हजारौंको सङख्यामा मलेसिया इन्डोनेसियालगायतका देशमा पुग्नका लागि खतरापुर्ण समुद्री यात्रा गर्ने गर्छन ।


करिव १५२ जना यात्रु बोकेको डुङ्गा दक्षिण आचेह जिल्लाको तटबाट एक माइल टाढा केही दिनसम्म रहेकिएको थियो । केही दिन पछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेसँगै अन्तत: बिहीबार दिउँसो उनीहरूलाई किनारमा ल्याइएको हो ।

मानव जीवन बचाउने प्रयासका साथै करिब शरणार्थीलाई अवतरण अनुमति दिएकोमा युएनएचसीआर अधिकारी र स्थानीय समुदायलाई युएनएचसीआरका फैसल रहमानले धन्यवाद दिएका छन् । उनका अनुसार शरणार्थी मध्येका धेरै जना कमजोर महिला तथा बालबालिका थिए जो मानव बेचबिखनको सिकार भएका थिए ।

इन्डोनेसिया राष्ट्रसङघीय शरणार्थी महासन्धिको हस्ताक्षर कर्ता नभएकाले म्यानमाबाट शरणार्थीहरू लिन बाध्य नभए नि छिमेकी देशहरूको बोझ बाँड्न र किनारमा आइपुगेका रोहिंग्याहरूलाई पुनः स्थापित गरी मानवियता रक्षा गर्न आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here