इजरायलले गाजाको एक विद्यालयमा गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु



बीबीसी । इजरायलले गाजाको एक विद्यालयमा गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो ।

गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले ठूलो गोलीबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण भएको जनाएको छ ।


त्यस्तै, हिजबुल्लाहले पनि इजरायलको एक सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेको छ । उत्तरी इजरायलको सैन्य आधार शिविरमा भएको उक्त आक्रमणमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले यो आक्रमण उत्तरी इजरायलको एक नगरभन्दा ३३ किलोमिटरको दुरीमा रहेको सैन्य आधार शिविरमा भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here