आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगितामा दश टीम सहभागी



काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबारदेखि आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरे ।


सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिएका थिए । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here