अब त्रिविले स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय भएको जानकारी दिएकी हुन् ।


उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको उनले बताइन् ।

हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here