अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी



खाँदबारी (सङ्खुवासभा) । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।

जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो ।


“मङ्सिर महिना भित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौँ”, उनले भने । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उनले उल्लेख गरे । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो ।

लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए । जिल्ला मालपोत कार्यालयको भवन दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here