८० हजार घुससहित पक्राउ परेका ओलीविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा



काठमाडौं । ८० हजार घुस सहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाअध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस लिइसकेको अवस्थामा केही दिन अघि पक्राउ परेका थिए ।


अनुसन्धानको सिलसिलामा ओलीले जग्गा पास गर्ने सम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा १ बमोजिमको कसुरमा बिगो ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here