३२औं प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीशराउतले आज दिउँसो शपथ लिनेछन् । शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।


राउत असोज १६ गते संसदीय समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका थिए । श्रेष्ठको आज सर्वोच्चबाट बिदाइ हुने । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राउतलाई सर्वोच्चमा स्वागत गर्नेछिन् । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् । रउात सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशह हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here