सूर्यदर्शन सहकारी ठगी प्रकरण : नेचर हर्ब्सका संचालक पक्राउ



काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।


खनाल नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक एवं शेयरधनी रहेको ब्युरोले जनाएको छ । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको प्रहरीेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here