सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान !



काठमाडौं। शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।


यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here