सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ ।


यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ कायम भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here