सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि नयाँ कीर्तिमान



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । आज पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले बढेको हो।


यस्तै, चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here