सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध



काठमाडौँ। काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका- ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

गएराति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत ५० किलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।


ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको बताए ।

उनले अवरुद्ध राजमार्ग एकतर्फी सुचारू गर्नका लागि पहिरो पन्छाउने काम भइरहेको बताए ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधनहरूको लाम लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here