साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी



काठमाडौँ । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।


भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवैले एक एक गोल गरेका थिए । भारतको जितमा डांगमेई ग्रेसले दुई गोल गरेकी थिइन् भने मनिषा कल्याण, ज्योति र बाला देवीले एक एक गोल गरेका थिए । त्यस्तै पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले एक एक गोल गरेका थिए ।

समुह ए मा रहेको भारतले अब अर्को खेल अक्टोबर २३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ भने पाकिस्तानले अर्को खेल अक्टोबर २० मा बंगलादेशसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here