सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई सडक मार्गबाट आजै कास्की लगिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सडक मार्गबाट कास्की लगिने भएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुगेको छ ।


रास्वपाका नेता मनिष झाले लामिछानेलाई सडक मार्गबाटै कास्की लगिने बताए । उनले प्रहरीलाई कुनै अवरोध नगर्न पनि उपस्थित नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“अबको आधा घण्टामा पार्टी सभापति आउनुहुनेछ । त्यसपछि उहाँले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’, कार्यवाहक प्रवक्ता झाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here