सर्वोच्चका उपरजिस्ट्रार घिमिरे भन्छन्, ‘बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु’



काठमाडौं । सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा आफूले तयार पारेको प्रतिवेदन फिर्ता लिने भएका छन् ।

सामाजिक संजालमार्फत घिमिरेले निवेदन फिर्ता लिने बताएका हुन् । उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित फिर्ता लिन औपचारिक निवेदन दिने उल्लेख गरेका छन् ।


उनले आफू कसेको प्यादा नबन्नेसमेत बताएका छन् । उनले लेखेका छन्, ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाई लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन । ३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु ।’

उपरजिस्ट्रार घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद  श्रेष्ठको बिदाइ लगत्तै यस्तो लेखेका हुन् । उपरजिष्ट्रार घिमिरेको प्रतिवेदनका आधारणमा सर्वोच्चले बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा चलाएको छ । घिमिरेविरुद्धको पेसी कार्तिक १ गतेलाई तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here