सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको पनि पोखरेलले जनाए । यस्तै, अहिले पार्टीका सबै कार्यक्रमहरु स्थगन गरिएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्न भनिएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here