सरकारको १०० दिनको प्रगति सार्वजनिक हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



काठमाडौं । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने र देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार ३० गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन अनुसार बनेको ओली सरकारको आज सय दिन पुर्याएको छ । आजको सम्बोधनमा ओलीले सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।


प्रगति विवरण सार्वजनिक गर्नुअघि प्रधानमन्त्री ओली अहिले सत्तारुढ दलहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन् । प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, लोसपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here