सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, अध्यादेशबारे के होला निर्णय ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन्।

सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ।


सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, लोसपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here