सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घ द्वारा आर्थिक सहयोग



काठमाडौं । हालैको बाढी पहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । 

प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धिताल सहित सञ्चालक सदस्यले  दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । 


यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले  पाँच लाख ५५ हजार ५५५ रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here