संसदीय समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ हुने



काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ हुनेछ ।

मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले छलफल गरेको थियो । राउतविरुद्ध विभिन्न ६ वटा उजुरी परेको छ । राउतलाई नेपाली कांग्रेसको पक्षधरता लिएकोदेखि श्रीमतीलाई हेला गरेकोसम्मको आरोप लगाउँदै उजुरी दर्ता भएको थियो ।


राउतविरुद्धको उजुरीमाथि हिजो छलफल भएको र आज बस्ने बैठकले सुनुवाइ गर्नेछ । राउतले आजको बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्नेछन् भने उजुरीबारे जवाफ दिनेछन् । राउतको नाम अनुमोदन हुने निश्चितजस्तै रहेको हुँदा असोज २० गतेबाट ०८२ चैत १६ गतेसम्म राउतले सर्वोच्च न्यायालयको नेतृत्व गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here