संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा लेखिएका महिलाका अधिकारका बुँदा पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

सञ्चारिका समूहले बुधबार आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपालको राजनीतिमा रहिआएको नातावाद र कृपावादको संस्कार बदल्नका लागि पनि संविधान पूर्णरूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताए । 


सञ्चारिका टक्स सिरिजः टुगेदर वि लिड’ शीर्षकमा महिला नेतृत्वको विषयमाथि गरिएको समूहगत छलफलमा मन्त्री गुरुङले महिला नेतृत्वको अवस्था र सम्भावनाबारे धारणा राखेका हुन् । उनले रहेक राजनीतिक पार्टीभित्र महिला सहभागिता माथि सबैले सामूहिक रूपमा प्रश्न उठाउनुपर्नेमा जोड दिए ।

न्यायलयमा महिला नेतृत्व निकै कम भएको औँल्याउँदै सञ्चारमन्त्री गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनुपर्छ भनेर संविधानमा उल्लेख छ, तर उपपदमा महिला मात्रै हुनुपर्छ भन्ने धारणा गलत भएको स्पष्ट पारे । 

सकारात्मक विभेद अवलम्बन गरेर महिला र पुरुषको सहभागितामा बढावा दिन सकिने बताउँदै मन्त्री गुरुङले समावेशीका मुद्दामा एकरूपता आवश्यक रहेको बताए  उनले नेतृत्व विकासमा क्षमता अभिवृद्धिका पक्षमा जोड दिनुपर्ने अबको महिला आन्दोलनको मुद्दा रहेको सुनाए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here