श्रीलङ्काली प्रहरीद्वारा भिसा उल्लङ्घनको आरोपमा छ जना बङ्गलादेशी नागरिक पक्राउ



कोलम्बो । भिसाको सर्तहरु उल्लङघन गरेको आरोपमा मङ्गलबार साँझ पश्चिमी प्रान्तबाट छ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलङ्का प्रहरीले बुधबार जनाएको छ ।

उनीहरुलाई बन्दारनायके अन्तर्राष्ट्रिय विमानस्थल नजिकको क्षेत्र सीडुवाको निवासमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूमा १८ देखि ४३ वर्ष उमेर समुहका मानिसहरू छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


मङ्गलबार मन्त्रीमण्डलका प्रवक्ता विजिता हेराथले भिसा अवधि नाघेका वा भिसाका सर्त तथा नियम उल्लङ्गन गर्ने गतिविधिमा संलग्न हुने विदेशीविरुद्ध सरकारले आवश्यक कदम चालेको बताएका थिए ।