शिक्षा मन्त्रालयद्वारा कर्मचारीको सरुवा तथा पदस्थापनका लागि ६ आधार तय



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् ।


कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० बमोजिम गरिने मन्त्रालयले जनाएको छ ।त्यस्तै तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेकाबाहेक एउटा निकायमा सामान्यतया दुई वर्ष भन्दा बढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तथा काजमा खटाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here