वरिष्ठ गीतकार विश्व बल्लभको निधन



काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो ।

बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जनाएका छन् । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।


उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here