लमजुङमा जिप दुर्घटना, २२ जना घाइते



बेंसीसहर । लमजुङको मकैडाँडामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सारिङबाट ग १ ज ८५५१ नम्बरको जिप सदरमुकाम बेंसीसहरतर्फ आइरहेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here