राष्ट्रपति पौडेलले गरे सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विद्येयक प्रमाणीकरण गरेका छन् । मंगलबार पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाईं संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here