रवि लामिछाने रिहाइको माग गर्दै बालुवाटार क्षेत्रमा रास्वपाको प्रदर्शन



काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले बालुवाटारमा प्रदर्शन गरेको छ । मंगलबार रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले रास्वपाका केही नेतालाई पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न लागेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले पार्टी सभापति लामिछानेलाई रिहाई गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


सहकारी ठगीमा पक्राउ गरी प्रहरीले लामिछानेलाई पोखरा लगेपछि रास्वपाले केही दिन पोखरामा प्रदर्शन गरेको थियो । पोखरापछि रास्वपाले काठमाडौ केन्द्रित प्रदर्शन सुरु गरेको हो ।