यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय



काठमाडौं । सरकारले ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदावधि चार वर्ष थप गरेaको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

बैठकले पाँचथरको फालेलुङ गाउँपालिका–५ मा भएको बम विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here