माल्दिभ्सविरुद्ध नेपालको ११ गोल



काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल ११–० गोलअन्तरले विजयी भएको हो ।

नेपाललाई पराकिलो जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले माल्दिभ्सको पोस्टमा पाँच गोल गरिन् । उनले दुई गोल पहिलो हाफमा गरेकी थिइन् भने तीन गोल दोस्रो हाफमा गरिन् ।


यस्तै नेपाललाई सुरुवाती अग्रता दिलाएकी प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन् । उनले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गरिन् ।

यस्तै नेपालका लागि सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक एक गोल गरे । जितपछि नेपालको दुई खेलबाट ४ अंक भएको छ । पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो । सोमबारै भुटानले श्रीलंकालाई पराजित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here