महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो



काठमाडौं। जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ।

कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।


कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको थियो।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार व्यहोरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here