ब्रिस्बेनको रक्लीमा दसैँ–तिहार शुभकामना साँझ



काठमाडौं । नेप्लिज एसोसिएसन अफ क्विन्स्ल्यान्डको आयोजनामा अस्ट्रेलियाको ब्रिस्बेन, रक्लीमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अवसरमा आइतबार दिउँसो सामाजिक सद्भाव बढाउने उद्देश्यले खेलकुद र मेला तथा साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सांस्कृतिक कार्यक्रममा गायक रामकृष्ण ढकाललगायतले प्रस्तुति दिएका थिए ।


उनले आफ्ना एक दर्जनबढी कालजयी गीतहरूमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ । एसोसिएसन अफ क्विन्स्ल्यान्डका पूर्वअध्यक्ष डा राजन कोइरालाले स्थानीय सामुदायिक हलमा आयोजित कार्यक्रममा १० वर्षपछि आफूले उत्साहजनक उपस्थिति देखेको बताए । त्यस अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here