बोस्नियामा बाढीपहिरोका कारण १३ जनाको मृत्यु



बोस्निया । बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका अल जजिराले जनाएको छ ।

हर्जेगोविना–नेरेत्वा क्यान्टन सरकारका प्रवक्ता डार्को जुकाले जबलानिका क्षेत्रमा आएको बाढी र पहिरमा परी १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।


रातभरको निरन्तर वर्षाले शनिबार उद्धार कार्यमा अवरोध भएको बोस्नियाली सञ्चारमाध्यमले जनाएको छ ।

अचानक आएको बाढीपहिरोबाट बच्न मानिसहरुसँग आफ्नो घरबाट बाहिर निस्कने समय समेत नभएको अल जजिराले उल्लेख गरेको छ ।

आकस्मिक बाढीले देशभर व्यापक प्रभाव पारेको छ। बोस्नियाको केन्द्रीय निर्वाचन आयोगले प्रभावित नगरपालिकामा सप्ताहन्तका लागि निर्धारित स्थानीय चुनाव स्थगित गर्ने निर्णय गरेको छ, तर अन्य स्थानहरूमा मतदान जारी राख्ने निर्णय गरेको छ ।

वैज्ञानिकका अनुसार बोस्नियाको सुख्खा जमिनले बाढीको पानी अवशोषणमा बाधा पुर्याएको अल जजिराले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here