बीपी राजमार्गमा अब रुटको गाडी चलाउन पाइने



काठमाडौँ । बीपी राजमार्गमा ठूला सवारीसधानसमेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्रयाक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा सोमबारदेखि ठूला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here