बाढी पहिरोबाट २९ जिल्लाका १६२ विद्यालयमा क्षति, २० जना विद्यार्थीको मृत्यु (सूचीसहित)



काठमाडौं । गत असोज ११ र १२ गते परेको अविरल पानीका कारण आएको बाढी र पहिरोमा परेर देशभरका २० जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनि गरेको नयाँ अपडेट अनुसार बाढी पहिरोबाट देशभरका २९ जिल्लाका विद्यालयमा क्षति पुगेको छ ।


मन्त्रालयले दिएको जानकारी अनुसार २९ जिल्लाका १६२ वटा विद्यालयमा क्षति पुग्दा १५० वटा विद्यालयमा पूर्ण क्षति भएको र बाँकीमा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

क्षतिग्रस्त विद्यालयको पुनर्स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा २/२ करोडका दरले अनुदान पठाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयले बजेट पठाएको हो । उक्त रकमबाट विद्यालयहरूको भौतिक निर्माणको कार्य थालिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here