बाढीले सुनसरीमा दुई करोडको तरकारी बाली क्षति



सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख रुपैयाँ बराबरको तरकारी बाली क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।


स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए । बाढीले ५० हेक्टरमा लगाएको एक लाख ८० हजार रुपैयाँ बरावरको उखुबालीमा क्षति भएको उनले बताए ।

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here