बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान



जलेश्वर (महोत्तरी) । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका(८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर दुई लाख प्रदान गरेका हुन् ।


यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here