बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्महत्या



दाङ । दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन् ।

नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया सोमबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिएका छन् । उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।


उनले आत्महत्या गरेको अनुमान गरिएको छ । दसैँ बेला पिङ खेल्न गएकी नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केही दिनअघि पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here